मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीय नौसेनाका पूर्वकर्मचारी स्वदेश फर्किए

कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीय नौसेनाका पूर्वकर्मचारी स्वदेश फर्किए

न्यूजस्टोरी

काठमाडौ‌, २९ माघ । जासुसी गरेको आरोपमा मृत्युदण्डको सजाय पाएका भारतीय नौसेनाका ८ जना पूर्व कर्मचारीलाई कतारले रिहा गरेको छ।
नयाँ दिल्लीको कूटनीतिक हस्तक्षेपपछि दोहाले भारतीय नौसेनाका पूर्व कर्मचारीको मृत्युदण्डको सजायलाई रोकेर जेलमा राखेको थियो। तर, कतारका अमिरको आदेशमा भारतीयलाई रिहा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरु सोमबार बिहान दिल्ली विमानस्थलमा अवतरण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि आठ भारतीयलाई मृत्युदण्ड दिइएको थियो। पुनरावेदनपछि मृत्युदण्डको सजाय ५ देखि २५ वर्षसम्म कैदमा परिणत भएको थियो। दोस्रो पुनरावेदनको सुनुवाई चलिरहेको बेला कतारका अमिरको आदेशमा उनीहरूलाई रिहा गरिएको हो। रिहा लगत्तै त भारतीय स्वदेश फर्किएका छन्। भारतले कतारका अमिरलाई धन्यवाद दिएको छ।आठ पूर्व नौसेना कर्मचारीहरू अगस्त २०२२ मा जासुसीको आरोपमा पक्राउ परेका थिए र कतारी अदालतले अक्टोबरमा उनीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो। यी सबै भारतीय नागरिक दहरा ग्लोबल कम्पनीमा काम गर्दै आएका थिए।यसअघि कतारको अदालतले उक्त मुद्दामा आठ पूर्व सैनिकको मृत्युदण्डको सजाय घटाएर विभिन्न अवधिको जेल सजाय तोकेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको थियो ।कतारको अदालतले २८ डिसेम्बर २०२३ मा मृत्युदण्डको सजायलाई जेलमा परिणत गर्ने निर्णय गरेको थियो। रिहा भए लगत्तै उनीहरू भारत फर्किएका छन्।