चितवन, १४ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवको तयारी तीब्र पारिएको छ ।
क्याराभान नेपालको आयोजनामा रत्ननगरको वडा नंं ७ चित्रसारी खेल मैदानमा माघ १८ गतेबाट महोत्सव सुरु हुनेछ । आयोजक संस्थाले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनगरि महोत्सवको तयारी तीब्र पारिएको जनाएको हो ।
नेपाली चलचित्रको विकास र र सौराहाको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ अन्तराष्ट्रिय स्तरको चलचित्र महोत्सवको आयोजना गरिएको क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पौडेलले जानकारी दिनुभयो ।
समृद्धिको पूर्वाधार, पर्यटनको आधार’ भन्ने मुल नाराका साथ नेपाली चलचित्र र चलचित्रको माध्यमबाट चितवन सहित नेपालको पर्यटन विकासको लागि अन्तरष्ट्रिय स्तरको चलचित्र महोत्सव आयोजना गरिएको आयोजकको दावी छ ।
महोत्सवमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका गरी १०० बढी स्टलहरु रहने छन् ।
पाँच दिन सम्म चल्ने महोत्सवमा आठ राष्ट्रका चलचित्रकर्मीको उपस्थिति तथा दक्षिण एशियाली क्षेत्रका नवीनतम कला सिर्जनालाई अवसर प्रदान गर्नेआयोजकको भनाइ छ ।
महोत्सवमा उत्कृष्ट चलचित्र, निर्देशन र उत्कृष्ट लेखन विधामा तीन वटा चलचित्रलाई अवार्ड प्रदान गरिने छ ।
प्रतिक्रिया