पर्सा, ३ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध ओसारपसार तथा बिक्रीवितरण गर्ने गिरोहविरुद्ध अपरेसन चलाई धमाधम नियन्त्रणमा लिदै आएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा वीरगन्जको पानीटंकीबाट लागूऔषध सहित एकजना कारोबारीलाई नियनत्रणमा लिएको छ ।

नेपाल र भारतको खुला सिमानाकाको फाईदा ऊठाई लागूऔषध कारोबार पर्सा जिल्लामा फष्टयाएपछि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले सेटिङ अप्रेशन मार्फत धमाधाम लागूऔषध सहित कारोबारीहरुलाई नियन्त्रणमा लिन सफल भएको बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय आपराध अनुसन्धान शाखाका बरिष्ठ सई बिनोद काफ्लेको कमान्डमा रहेको प्रहरी टोलीले पर्साको विभिन्न नाकाबाट भित्राएको प्रतिबन्धित लागूऔषध नियन्त्रणमा लिदै आएको छ ।
मगलबार मात्रै प्रहरीले वीरगन्जको पानीटंकीमा इ— रिक्सा रोकी चेकजा“च गर्द नुरफिन ५०० एम्पुल, डाइजेल्याब ५०० एम्पुल, फेनारगन ५०० एम्पुल गरि १५०० एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरेको पर्सा प्रहरी प्रमुख शाहले जानकारी दिनुभयो । प्रतिबन्धित लागूऔषध सहित वीरगन्ज वडा नम्बर १ का बाबुलाल कर्णलाई नियन्त्रणमा लिई लागूऔषध कसूरमा मुद्दा चलाएको प्रहरी उपरीक्षक शाहको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कोमल शाहले प्रहरीले संगठित आपराधिक समूह र लागूपदार्थको कारोवार गर्ने आपराधिक समुह तथा तस्करीजन्य अपराध सम्बन्धि गिरोहको स्विप अप्रेसन गरि तह लगाउने बताउनुभयो ।


प्रतिक्रिया