मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा महिला उद्यमशिलता तालिम सम्पन्न

चितवनमा महिला उद्यमशिलता तालिम सम्पन्न

न्यूजस्टोरी

चितवन, २० मंसिर । चितवनको कालिका नगरपालिका– ४ मा सञ्चालन भएको ८ दिने महिला उद्यमशिलता तालिम सम्पन्न भएको छ ।

कालिका नगरपालिकाले आयोजना गरेको ८ दिने तालिम मंगलवार सम्पन्न भएको हो । दिगो जिविकोपार्जनका लागि महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले व्यवसाय सचेतना (TOPE) व्यवसाय सुरु (TOPE) तथा सामाजिक समावेशीकरण (GENDER) उद्यमशिलता तालिम (SIYB) भएको थियो ।

कालिका–४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतमले बोल्दै महिलाहरूलाई आत्मनिर्भर र सक्षम बनाउनका लागि दिइएको यो तालिम निकै प्रभाकारी रहेको र लिएको तालिमको सही सदुपयोग गर्नुका साथै कालिका नगरपालिकाले आउने हरेक क्रियाकलापमा सहभागी भई तालिम लिन र लिएको ज्ञानलाई व्यवहारमा लागू गर्न समेत गर्नुभयो ।

८ दिने तालिममा व्यवसायको अवधारणा, व्यवसाय सञ्चालन, व्यवसाय र परिवार विचको सम्बन्ध, सफल उद्यमीका गुण लगाएत विषयमा नगरपालिकाका उद्यम विकास सहजकर्ता शर्मिला बस्याल र सन्तोषी कुमालले प्रशिक्षण दिनुभएको थियो ।