मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरुले जितिन् ‘द नेशनल डिजाईनर रनवे’ को उपाधि

सरुले जितिन् ‘द नेशनल डिजाईनर रनवे’ को उपाधि

न्यूजस्टोरी

उत्कृष्ट डिजाईनर ड्रेससंगै उत्कृष्ट मोडलहरुको महाकुम्भ भनेर चिनिने रनवे ‘द नेशनल डिजाईनर रनवे २०२३’ को ग्रीष्मकालीन संस्करणको शिर्ष उपाधी आईआईएफटी नेपाल कलेजकी सरु सुवेदीले जितेकी छिन् । 

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा मोडल सङ्ग्स नेपालको आयोजनामा सम्पन्न ग्रीष्मकालीन संस्करणको उक्त रनवेमा निर्णायक तथा दर्शकहरुको पहिलो रोजाईमा परेको सुवेदीको उत्कृष्ट सिर्जनाले उनलाई विजेताको प्रतिष्ठित उपाधि दिलायो ।

प्रतिभाशाली तथा उदीयमान डिजाईनरहरुले आफ्नो रचनात्मकता र अद्वितीय शिल्प कौशलद्वारा र्‍याम्पमा उत्रिएका मोडलहरूमार्फत दर्शकहरुलाई चकित पारिरहँदा आफ्नो उत्कृष्ट डिजाइनले निर्णायकहरू र सहभागीहरूबाट समान रूपमा प्रशंसा बटुल्दै नमुना कलेजकी रफिना महर्जनले फर्स्ट रनर अप को उपाधी आफ्नो बनाईन ।

रोजिन शाक्यको कोरियोग्राफी तथा परमानन्द चौधरीको निर्देशनमा संचालित प्रतियोगितामा दीपक घिमिरे, रेजिना तुलाधर, धिरज तण्डुकार, प्रमिला सिलवाल र सजिना बिष्ट त्रिपाठी निर्णायक रहेका थिए।