मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘बाहुबली’ बनाउन ४ सय करोड ऋण लिएका थिए राजामौलीले

‘बाहुबली’ बनाउन ४ सय करोड ऋण लिएका थिए राजामौलीले

न्यूजस्टोरी

साउथ सुपरस्टार प्रभास स्टारर फिल्म ‘बाहुबली’को दुई भाग ‘बाहुबली’ र ‘बाहुबली २’ छन्। यी दुवै ब्लकबस्टर भए। निर्देशक एसएस राजामौलीको निर्देशनमा बनेका यी दुई फिल्मको क्रेज अहिले पनि उतिकै छ। यसैबीच राजामौलीले आफ्नो ड्रीम प्रोजेक्ट पूरा गर्न करोडौं रुपैयाँ ऋण लिएको दाबी गरिएको छ।

फिल्म ‘बाहुबली’ एसएस राजामौलीको ड्रिम प्रोजेक्ट फिल्म थियो। राजामौलीले आफ्नो ड्रीम प्रोजेक्ट पूरा गर्न ४ सय करोड रुपैयाँ ऋण लिएका थिए। साथै उनले पूर्ण २४ प्रतिशत ब्याजमा यो ऋण लिएको दाबी गरिएको छ।फिल्मका लागि लिएको यो ऋण तिर्न एसएस राजामौलीले साढे ५ वर्ष लगाएको पनि दाबी गरिएको छ। साउथ फिल्मको ट्रेड अनुगमन गर्ने विज्ञ मनोबाला विजयबालनले ट्वीटमार्फत यस्तो बताएकी हुन्। उनले सामाजिक सञ्जालमा पोष्टमार्फत यसबारे जानकारी दिएका हुन्।

फिल्म निर्माता निर्देशक एसएस राजामौलीको फिल्म बाहुबलीलाई रामोजी रावले आर्थिक सहयोग गरेका थिए। एसएस राजामौलीले आगामी फिल्म ‘एसएसएमबी २९ को तयारीमा जुटेका छन्। यस फिल्ममा उनले सुपरस्टार महेश बाबुसँग काम गर्नेछन्।

यसअघि राजामौलीले रामचरण र जुनियर एनटीआरसँग आरआरआरु बनाएका थिए। जसले इतिहास रच्यो। फिल्मको ‘नाटु–नाटु’ गीतले ओस्कार अवार्ड जितेको थियो।