मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल र कुवेतबीचको खेल वर्षाका कारण रोकिएपछि नेपाल फाइनलमा

नेपाल र कुवेतबीचको खेल वर्षाका कारण रोकिएपछि नेपाल फाइनलमा

न्यूजस्टोरी

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको खेल पुनः पानी परेर राकिएका कारण नेपाल फाइनल प्रवेश् गरेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङमा ८।३ ओभर खेल भइरहँदा खेल रोकिएको हो ।

वर्षाका कारण दुई घन्टा प्रभावित भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई २ सय ८१ रन बनाएको थियो ।

नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको छ । पानी परेर डीएल मेथडमा खेलको नतिजा लिन लिंदा कुवेतले २० ओभरमा १ सय ९४ रन बनाउनु पर्नें हुने थियो ।

कुवेतका ६ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा नेपालका तीव्र गतिका बलर करण केसी एक्लैले पाँच विकेट लिए भने, सोमपाल कामीले एक विकेट लिए ।