काठमाडौँ — गृह मन्त्रालयका पूर्व सहसचिव बालकृष्ण पन्थीले आफ्नो संयोजकत्वमा गठित भुटानी शरणार्थी समस्याको स्थायी समाधान पहिल्याउनेबारेको कार्यदलले तयार गरेको प्रतिवेदनमा एकजना पनि नयाँ वा दर्ता छुट शरणार्थीको नामावली नराखिएको बताएका छन् ।
‘भूटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालिन समाधानको उपायहरु पहिल्याउन गठित कार्यदल’को प्रतिवेदनमा २०७६ कात्तिक मै गृह मन्त्रालयमा बुझाइएको भएपनि अझैपनि सार्वजनिक गरिएको छैन । कार्यदलमा पन्थीसहित सदस्यमा विज्ञ गणेशबहादुर केसी र गृहका शाखा अधिकृत (तत्कालिन) दीपकप्रसाद न्यौपाने सदस्य सचिव तोकिएका थिए ।
‘हामीले तीन महिनाको अवधीमा प्रतिवेदन तयार गरेर गृहमा बुझाएका थियौं,’ संयोजक पन्थीले इकान्तिपुरसँग कुराकानी गर्दै भने–‘यो प्रतिवेदनलाई आधार बनाएर केही अवान्छित गतिविधि भए, केही चलखेल भएको छ भन्ने बारेमा मैले पनि पत्रपत्रिकाबाट थाहा पाएँ । हाम्रो कार्यदलले दिएको प्रतिवेदनमा नयाँ कुरा केही पनि नरहेको र विगतमा रहे भएका सन्दर्भ–सामग्रीलाई अभिलेखका रुपमा समेट्ने काम मात्रै भएको छ ।’
प्रतिक्रिया