एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार भारत र पाकिस्तानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेका छन् । ‘महासचिवले भारत र पाकिस्तानबीचको युद्धविराम सम्झौतालाई वर्तमान शत्रुता अन्त्य गर्ने र तनाव कम गर्ने दिशामा सकारात्मक कदमको रूपमा स्वागत गर्नुभयो,’संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले विज्ञप्तिमार्फत भने । सम्झौताले दिगो शान्तिमा योगदान पु-याउने र दुई देशहरूबिचको लामो समयदेखि चलिरहेका…