काठमाडौँ २५ माघ । अमेरिकी फुटबल क्लब इन्टर मियामी हाल एसिया भ्रमणमा रहेको छ । अर्जेन्टिनी स्टार लियोनल मेस्सीसहितको इन्टर मियामीले एसिया भ्रमणका क्रममा विभिन्न राष्ट्रका टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ । तर, हङ्कङ भ्रमणका क्रममा भने मेस्सीले मैत्रीपूर्ण खेल खेलेनन् । ह्यामस्ट्रिङ समस्याका कारण उनी खेल अवधिभर बेञ्चमै बसे । त्यसअघि साउदी अरेबियामा खेलिएको…