काठमाडौँ । भेट्रान्स फोर्टी प्राइभेट लिमिटेडको आयोजनामा आगामी भाद्र १ गतेदेखि सुरु हुने कर्पोरेट क्रिकेट प्रतियोगिता हुने भएको छ । भेट्रान्स फोर्टीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ललितपुरको ग्रेट हिमालय क्रिकेट एकेडेमी इन्डोर क्रिकेटमा भाद्र १ गतेदेखि कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको हो । कर्पोरेट क्रिकेटमा सहभागी २० टिमलाई चार समूहमा विभाजन गरिएको छ ।…