काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्था बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । उनले ३७ बुँदामा उक्त विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।…