दाङ, ३ जेष्ठ । दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोडमा मिनबहादुर घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले घर्तीसहित नरबहादुर शाही, विष्णुप्रसाद नेपाली, डिलबहादुर नेपाली,ओमबहादुर थापा, निमबहादुर भण्डारी, विश्व डाँगी, प्रकाश भुसाल र शेरबहादुर घर्तीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य…