काठमाडौं, १५ जेष्ठ । काभ्रेको रोशी गाउँपालिकामा गएको वर्ष असोजको बाढीले क्षति गरेको रोशी आधारभूत अस्पताल पुनर्निर्माण भएको छ । १० शय्याको आधारभूत अस्पताल पाँच शय्यामा पुनर्निर्माण भएको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को आर्थिक सहयोगमा निर्माण भएको अस्पतालको संरचना स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत रोशी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । नवनिर्मित संरचनासहित औषधिलगायतका सामाग्री पनि डब्ल्यूएचओले सहयोग गरेको छ । अस्पताल भवन बाढीले बगाएपछि टेन्टबाट सेवा प्रदान हुँदै आएको थियो ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार अस्पतालबाट रोशी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ का साथै छिमेकी नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाका नागरिकले सेवा पाउनेछन् । अध्यक्ष लामाले १० शय्याको अर्को सुविधायुक्त अस्पताल निर्माणका लागि सम्बन्धित निकायमा प्रक्रिया थालिने बताउनुभयो ।


प्रतिक्रिया