मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादी केन्द्रको निर्णय

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादी केन्द्रको निर्णय

न्यूजस्टोरी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद्‌मा प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउने संसदीय दलको बैठक बोलाएको छ ।

शुक्रबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विज्ञसहितको संसदीय दलको बैठक बोलाउने निर्णय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन ।

जेठ १९ गते मध्यान्ह १२ बजे माओवादी संसदीय दलको कार्यालयमा बैठक बस्ने उनले जानकारी दिएका छन । जेठ १३ गतेदेखि विपक्षी दलहरूसँग मिलेर लगातार संसद् अवरोध गर्दै आएको माओवादीले बिहीबार सरकारले ल्याएको आगामी वर्षको बजेट पेस गर्न दिएको थियो ।

संसद्‌मा अवरोध जारी राख्ने कि विकल्पमा जाने भन्ने विषयमा विज्ञहरूको रायबाट थप निर्णय लिने माओवादीको तयारी छ ।