काठमाडौँ । मुख्यसचिव डा। बैकुण्ठ अर्याललाई सबै मन्त्रालयका सचिवहरुले पछिल्लो अवस्थाबारे ‘ब्रिफिङ’ गरेका छन् । मत्रालयगत कार्यसम्पादनको अवस्थाबारे अर्यालले सबै सचिवहरुसँग जानकारी माग गरेका हुन् ।सोमबार बिहान सिंहदरबारस्थित कार्यालयमा सचिवहरुलाई डाकेर मुख्यसचिव अर्यालले कार्यसम्पादनका समयमा परेका समस्या र चुनौतिका बारेमा सोधपुछ गरेका हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकृतका अनुसार पछिल्लो पटक संघीय मामिला तथा…