काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री राईले शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताका साथ काम अघि बढाइरहेको बताउनुभयो । उहाँले पहिला पनि मस्यौदा तयार भई मन्त्रिपरिषदमा पुग्ने तर सरकार परिवर्तनका…