काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि आउँदो मङ्गलवार बेलुका पाँच बजेभित्र दाबी पेस गर्न आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आउँदो १६ गते बेलुका पाँच बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले…