काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कुटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेको बताउनु भएको छ । सोमवार आजको प्रतिनिधि सभा बैठकमा आफ्नो भारतको चार दिने औपचारिक भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो । उहाँले दुई देशबीचको सीमालगायतका थाँती रहेका सबै समस्याहरुको समाधान गरिनेछ…