मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगर प्रहरी प्रमुख राजु पाण्डेको बढुवा

नगर प्रहरी प्रमुख राजु पाण्डेको बढुवा

न्यूजस्टोरी

काठमाडौं, ३० असोज। काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको बढुवा गरेको छ ।हाल नगर प्रहरी उपरीक्षक रहेका पाण्डेलाई मंगलबार बसेको कार्यपालिका वैठकले नगर प्रहरी वरिष्ठ उपरीक्षक पद दिने निर्णय गरेको हो ।महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुख एसएसपी हुने प्रावधान छ । सोही अनुसार कार्यपालिका वैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रस्ताव गरेको ३ जना एसपीको नाममध्ये पाण्डेको नाम एसएसपीमा सर्वसम्मतिले निर्णय गरेको प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो । समितिले एक नम्बरमा पाण्डे, दुई नम्बरमा विष्णु जोशी र ३ नम्बरमा दिनेश अर्यालको नाम सिफारिस गरेको थियो । कार्यसम्पादन मुल्यांकन, वरियताको आधारमा पाण्डेको नाममा निर्णय गरेको मानन्धरले बताउनुभयो ।