ब्राजिलियन भेट्रान डिफेन्डर थियागो सिल्भा पूर्वक्लब फ्लुमिनेन्समा बसाइ सर्ने भएका छन्। लन्डन क्लब चेल्सी र फ्लुमिनेन्स दुवैले आधिकारिक रूपमै सिल्भाको स्थानान्तरणको घोषणा गरेका हुन्। सन् २०२० को अगस्टमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० बाट फ्रि ट्रान्सफरमा प्रिमियर लिगमा उनी अनुबन्धित भएका थिए। १५१ खेल खेलिसकेका ३९ वर्षीय सिल्भाले चेल्सीबाट च्याम्पियन्स लिग, क्लब विश्वकप र…