काठमाडौं, २० असार । प्रधानमन्त्री प्रचण्डले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने तयारी गर्नुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उहाँले कानुनी प्रावधानअनुसार आफूले संसदबाट विश्वासको मत लिने जानकारी दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो । प्रधानमन्त्रीको ब्रिफिङ सुनाउँदै उहाँले भन्नुभयो, ‘सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । संवैधानिक प्रावधानअनुसार…