काठमाडौं । शुक्रबार रातिदेखि निरन्तर वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न खोलामा पानीको बहाव उच्च बनेको र सडकसम्म आइपुगेको छ।
हालससम्म कुनै मानवीय तथा भौतिक क्षति भइनसकेको तगा हुनसक्ने परिस्थितिलाई मध्येनजर राखी उच्च सतर्कता अपनाई काठमाडौं उपत्यकाका स.प्र.बल नेपालका युनिटहरुबाट जिम्मेवारी ईलाकाहरु टोलीहरु परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपालनं. २० बिपद उद्दार उपत्यका गणबाट सप्रउ पूर्ण बहादुर साउदको ओभरअल कमाण्डमा निम्न अनुसारको टोलीहरु परिचालन भइरहेको सशस्त्रले जनाएको छ।
यस्तै शंखमुल क्षेत्रमा सप्रउ पूर्ण बहादुर साउद नफ्री ७ जना खटिईएको, पेस्सीकोलाको मनोहरा करिडोरमा सप्रनि हरी कृष्ण गिरी नफ्री १५ जना खटिइएको र धोबीखोला/बागमती खोला करिडोरमा सप्रनि पुर्णिमा लिम्बु नफ्री १६ जना खटिइएको छ।
गोकर्णश्वर माकल, बल्खु एरिया , विष्णुमति एरिया, थापाथली एरिया ,शंखमुल UN Park एरिया, मनोहरा खोला , धोबिखोला एरिया, जडिबुटी मनोहरा खोला एरिया, पशुपति क्षेत्र ईलाका गरि ३०० बढी फौज खटिएको बताइएको छ।


प्रतिक्रिया