काठमाडौं । चितवनको सिमलतालमा पहिरोले बगाएर असार २८ गते त्रिशूलीमा बेपत्ता भएका यात्रुको खोजीका लागि भारतीय टोली नेपाल आइपुगेको छ । त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीकार्यका लागि १२ सदस्यीय टोली स्थलमार्ग हुँदै नेपाल आइपुगेको हो । अहिले रूपन्देही आइपुगेको उक्त टोलीले आजै खोजीकार्य सुरु गर्नेछ । विभिन्न उपकरणसहित नेपाल आएको टोलीले नेपाली सुरक्षा संयन्त्रसँग…