काठमाडौं, ३१ असार । पर्याप्त पानी नपरेर रोपाइँ प्रभावित भएको पूर्वी तराईमा मनसुन थप सक्रिय हुन थालेको छ । झापा, मोरङ लगायतका जिल्लामा पानी पर्न थालेको र विस्तारै मधेश प्रदेशमा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमबिद् डेभिड ढकालले जानकारी दिनुभयो । पूर्वी क्षेत्रमा मनसुनी न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेकाले वर्षा…