म्याग्दी, २१ असार । मालिका गाउँपालिका–७ मा रहेको बेल्फी लुरवाङ सिँचाइ योजनाको ३७ वर्षपछि पक्की नहर निर्माण भएको छ । योजनाबाट लुरवाङमा रहेको एक सय ५० घरधुरी किसानको झन्डै तीन सय रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिले जनाएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा नहर निर्माण…