मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ

मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ

न्यूजस्टोरी

काठमाडौ, ४ साउन । मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ परेका छन्। काठमाडौँको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा आइतबार काठमाडौँबाट पक्राउ गरिएको हो।

उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइ ५ दिनको म्याद थपसमेत भइसकेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।

उनीविरुद्ध एक महिलाले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। तर, अहिराजले पनि ती महिलाविरुद्ध आपराधिक लाभ‍सम्बन्धी कसुरमा जाहेरी दिएका छन्।

काठमाडौँ प्रहरीले अहिराजलाई कानुनी कारबाहीका लागि अदालतबाट यसअघि नै पक्राउ पुर्जी लिएको थियो। उजुरी परेको लामो समयदेखि प्रहरीले उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।