रौतहट । रौतहटमा स्कार्पिओ दुर्घटना हुँदा एकै गाउँका आठ जनाको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालीकास्थित राजमार्गमा मंगलबार बिहान बा १६ च ३१६२ नम्बरको स्कार्पिओ दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो। बाराको प्रसिद्ध गढिमाई दर्शन गरेर आफ्नो घर सिराहा फर्कँदै गरेका यात्रु सवार स्कार्पिओ पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा अनियन्त्रित भई सडकबाट दाहिने साइडको तल…