सुर्खेत । गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको बताएका छन् । आज (मंगलबार) सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले सहकारी प्रकरणमा अनुसन्धान हुँदै गर्दा प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय घेर्ने काम भएको र अनुसन्धानलाई प्रभावित पार्न खोजिएको टिप्पणी गरेका हुन् । उनले सबैको मानवअधिकारको विषयमा सरकार गम्भीर रहेको…