मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशुपति नजिकै झाडीमा युवती मृत फेला

पशुपति नजिकै झाडीमा युवती मृत फेला

न्यूजस्टोरी

काठमाडौं । काठमाडौँको पशुपतिनाथ नजिकैको झाडीमा एक युवती मृत भेटिएकी छन् । शंखरापुर नगरपालिका–५ घर भई बानेश्वर शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार शुक्रबार मृत फेला परेकी हुन् ।

काठमाडौँ महानगरपालिका ८ तिलगंगाबाट पशुपति जाने बाटो नजिकै रहेको जंगलको झाडीमा मृत अवस्थामा फेला परेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।