धनगढी । डोटीको जङ्गलमा एक महिलाको शव फेला परेको छ । केआईसिंह गाउँपालिका–६ लामाडाडास्थित जङ्गलमा महिलाको शव फेला परेको हो । डोटी प्रहरीका अनुसार महिलाको परिचय भने खुलेको छैन । ती महिलाको शव मङ्गलबार जङ्गलको खोला दोभानमा दुई ढुङ्गाको बिचमा सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले बताए । उनले शव…