मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऋण नतिर्दा धितो लिलाम भएपछि सहकारीका प्रबन्धकलाई कुटपिट, वडाध्यक्षसहित पाँचजना पक्राउ

ऋण नतिर्दा धितो लिलाम भएपछि सहकारीका प्रबन्धकलाई कुटपिट, वडाध्यक्षसहित पाँचजना पक्राउ

न्यूजस्टोरी

तनहुँ । तनहुँको भिमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपिट गरेको आरोपमा भिमाद नगरपालिका– ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँचजना पक्राउ परेका छन्। सोमबार प्रहरीले उनीहरूलाई पक्राउ गरी घटना सम्बन्धी अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष प्रकाश श्रेष्ठ, ईश्वरकुमार श्रेष्ठ, नितेश श्रेष्ठ, नेपोलने श्रेष्ठ र विकल श्रेष्ठ रहेका छन्। वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठले ०७६ सालमा २८ लाख ऋण लिएपछि साँवा, ब्याज एकपटक पनि नतिरेको, पटकपटक चिठी तथा फोनमार्फत जानकारी गराउँदा बेवास्ता गरेपछि सहकारीले सहकारी नियम र प्रक्रियाअनुसार जग्गा लिलामी गरेको सहकारीका अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए।

सोमबार बिहान ९ बजे खाना खाइरहेको ठाउँमा आएर आफू र आफ्नो परिवारलाई पाँचजनाले कुटपिट गरेको सहकारीका प्रबन्धक रामबाबु गैह्रेले बताए। परिवारमाथि सांघातिक हमला भएपछि सबैजना त्रासमा बस्नुपरेको उनले बताए। पक्राउ परेका वडाध्यक्ष श्रेष्ठसहित पाँचजनालाई जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलचौतराले जानकारी दिएको छ।