किरण कुँवर
चितवन, २५ पुस । माध्यमिक विद्यालय गवैंले ६७ औ वार्षिक उत्सव एवम् २२ औ अभिभावक भेला भर्खरै सम्पन्न गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर १३ स्थित विद्यालय परिसरमा पूर्व शिक्षक केदार बहादुर सिवाकोटी ,तारा खडका ,लालजित मोक्तान ,सम्झना पन्तलाई सम्मान गर्दै तथा वार्षिक अतिरिक्त क्रियाकलापका विजेतालाई पुरस्कार वितरण गरेर आफ्नो ६७ औं वार्षिक उत्सव मनाएको छ ।
वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि खैरहनी नगरपालिकाका नगर प्रमुख शशिकुमार खनियाले सामुदायिक विद्यालयमध्ये खैरहनी नगरपालिकाकै उत्कृष्ट विद्यालयको सूचीमा माध्यामिक विद्यालय गवै रहेको उल्लेख गर्नुभयो । विद्यार्थी र विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि पालिका र आफू प्रतिवद्ध रहेको बताउँदै प्रमुख खनियाले बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक, समुदाय र सम्बन्धित सम्पूर्ण पक्षले विशेष भुमिका खेल्नुपर्ने समेत बताउनुभयो ।
ऐतिहासिक विद्यालय भएकोले विद्यालयको विकासमा नगरपालिकाको आवश्यक सहयोग सधै रहनेमा पनि खनियाले जोड दिनुभयो ।


प्रतिक्रिया