मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रविलाई धरौटीमा छाड्न आदेश आउँदा रास्वपामा समर्थकमा खुशीयाली

रविलाई धरौटीमा छाड्न आदेश आउँदा रास्वपामा समर्थकमा खुशीयाली

न्यूजस्टोरी

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतको आदेश आउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता–कार्यकर्ता र समर्थकले खुशीयाली बाँड्न थालेका छन् ।

जिल्ला अदालत कास्कीले बिहीबार दिएको थुनछेक आदेशअनुसार रविलाई ६५ लाख धरौटी मागिएको छ । त्यसपछि रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले लेखेका छन्, ‘पार्टी सभापति रवि लामिछाने ज्यूलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश गरेको छ । सरकारले जबरजस्ती हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने औचित्य नरहेको पुष्टि भएको छ ।’

रास्वपा सांसद सोविता गौतमले रवि सहित कुनै अभियानको तस्वीर हाल्दै क्याप्सनमा ‘अटल, अडिग, अविचलित’ भनेर लेखेकी छन् । उता कास्की जिल्ला अदालतबाहिर रास्वपाका नेता कार्यकर्ता नाराबाजीमा उत्रिएका छन् । अदालतल धरौटीमा रिहा गर्न आदेश दिएपछि बाहिर भेला भएका समर्थकहरू रविको पक्षमा नाराबाजी गरिरहेका छन् । पोखराका सडकमा सुरक्षाकर्मीको बाक्लो तैनाथी छ । अदालत क्षेत्रमा आवागमनमा कडाइ गरिएको छ ।