काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले दूधकोशी जलविद्युत आयोजना प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई हटाउन ठाडो आदेशसहित पठाएका छन् । ऊर्जामन्त्री खड्काविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गरेको भन्दै आयोजनाका प्रमुख गुरुङलाई तत्काल हटाउन मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणलाई ठाडो आदेशसहित पत्र पठाएको पाइएको हो । मन्त्रालयले दूधकोशी आयोजनाका प्रमुख विमल गुरुङले सामाजिक सञ्जालमा मन्त्री खड्काको कार्यशैलीको विरोध…