मोरङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभराको मुद्दा धार्मिक र सांस्कृतिक भावनाको मुद्दा भएकोले त्यसलाई छलफल र समझदारीबाट समाधान गर्नुपर्ने बताए ।
मोरङको कानेपोखरीमा आयोजित सभालाई मंगलबार सम्बोधन गर्दै उनले सो घटनामा बल प्रयोग नगर्न सरकारलाई आग्रह गरे ।
पाथीभराको केबुलकारमा सरकारमा नेतृत्व गर्नेहरूको पनि लगानी भएकाले जनता मारेर भए पनि केबुलकार बनाउने सोचमा लागेको उनले आरोप लगाए ।
यसमा सरकारले नसुने माओवादी आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।


प्रतिक्रिया