मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीमा आठ मिनेटको अन्तरमा भूकम्पको दुइटा धक्का

म्याग्दीमा आठ मिनेटको अन्तरमा भूकम्पको दुइटा धक्का

न्यूजस्टोरी

म्याग्दी । म्याग्दीमा मंगलबार बिहान लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९:१८ बजे म्याग्दीको मुना क्षेत्र आसपास केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो ।

त्यसको आठ मिनेटपछि ९:२६ बजे म्याग्दीकै मुरि क्षेत्र आसपास केन्द्रबिन्दु भएर ३.६ रेक्टर स्केलको अर्को भूकम्प गएको हो।
लगातारको भूकम्पीय गतिविधिका कारण स्थानीयहरू त्रसित बनेका छन् । भूकम्पबाट कुनै क्षति भएको विवरण हालसम्म प्राप्त नभएको केन्द्रले जनाएको छ।