मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा ३ किशोरीमाथि सामूहिक बलात्कार आरोपमा १८ जना नाबालिग पक्राउ

भारतमा ३ किशोरीमाथि सामूहिक बलात्कार आरोपमा १८ जना नाबालिग पक्राउ

न्यूजस्टोरी

काठमाडौं । भारतको झारखण्ड राज्यको खुन्टी जिल्लामा तीन किशोरीहरूलाई बलात्कार गरेको आरोपमा प्रहरीले १८ नाबालिगहरूलाई पक्राउ गरेको छ ।

ती नाबालिगहरू १२ देखि १७ वर्ष उमेरका छन् । उनीहरूलाई बाल सुधार गृह पठाइएको र पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण गरिने प्रहरीले जनाएको छ ।

घरबाट केही टाढा एउटा विवाह समारोहमा पाँच जना किशोरीहरू गएका थिए । सबै अभियुक्तहरू पनि त्यहीं थिए । राति ती किशोरीहरू विवाह समारोहबाट आफ्नो घरतिर निस्किँदा उनीहरूले किशोरीहरूलाई पछ्याउँदै नजिकैको जंगल क्षेत्रमा लगेका थिए ।