काभ्रे । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरले बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरेको एक प्रहरी अधिकृतले जानकारी दिएका छन् । गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको थियो । काभ्रेमा पनि उनीविरुद्ध ३ वटा जाहेरी परेको पाइएको बताइएको छ । पक्राउबारे थप विवरण आइसकेको छैन…