मकवानपुर । मकवानपुरमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ । बुधबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलकी ३५ वर्षीया गुडिया दासको हत्या भएको हो । बुधबार बेलुका ९ बजे उनी आफ्नै घरको दोस्रो तलामा मृत भेटिएकी थिइन् । उनको टाउकोमा धारिलो हतियार प्रहार भएको देखिने चोट रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी…