मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सशस्त्र प्रहरी गुल्म अलौ द्वारा करिव ४ लाँख रुपैयाँ बराबरको अवैध कपडा बरामद

सशस्त्र प्रहरी गुल्म अलौ द्वारा करिव ४ लाँख रुपैयाँ बराबरको अवैध कपडा बरामद

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगन्ज, १९ चैत्र । सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि ल्याएको लत्ताकपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले पर्सा जिल्लाको अमरपर्टी नाका भई भारतबाट अवैध रुपले भन्सार छलेर भित्राएको  करिव ४ लाख रुपैयाँ मुल्य बराबरको कपडा सहित अटो पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिङ्ग पुजाराको कमाण्डमा खटिएको टोलीले विशेष सुचनाको आधारमा अमरपट्टिबाट बिरगंज तर्फ जादै गरेको मधेश प्रदेश-०३-००१ ह ३०९४ नम्बरको ईरिक्सामा लोड रहेको कपडा पक्राउ गरी नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको अवैध लत्ताकपडा करिब ४ लाँख रुपैयाँ बराबरको पक्राउ गरि भन्सार कार्यालय वीरगन्जमा बुझाईएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) पुजाराले बताएका छन्।