मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फरार सांसद बस्नेतको बिदा संसदबाट स्वीकृत

फरार सांसद बस्नेतको बिदा संसदबाट स्वीकृत

न्यूजस्टोरी

काठमाडौं । नेपाल प्रहरीको फरार सूचीमा रहेकी प्रतिनिधिसभा सदस्य गीता बस्नेतको बिदालाई मंगलबार प्रतिनिधिसभाले स्वीकृत गरेको छ । संघीय संसदको हिउँदे अधिवेशनमा भएका २७ वटै बैठकमा अनुपस्थित सांसद बस्नेतको बिदालाई मंगलबार प्रतिनिधिसभाले स्वीकृत गरेको हो । संसद् सचिवालयका अनुसार बस्नेत २०८१ माघ १८ गतेदेखि मंगलबारसम्म बसेका २७ वटै बैठकमा अनुपस्थित रहेकी हुन् ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रस्तुत गरे अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बस्नेत निरन्तर २७ वटा बैठकमा अनुपस्थित रहिन् । उनी उपचारमा रहेका कारणले उपस्थित हुन नसकेको भनेर संसद् सचिवालयलाई सूचना दिएकी थिइन् । यही विवरण सभामुखले सभामा प्रस्तुत गरे ।

तर, सहकारी ठगीको अनुसन्धानमा रहेकी बस्नेत फरार विरामीको बहानामा फरार भएकी हुन् । प्रहरीको फरार सूचीमा रहेकी र कुनै पनि बैठकमा उपस्थित नजनाएकी बस्नेतले सांसदको रुपमा प्राप्त गर्ने तलबभत्ता र सेवासुविधा भने लिइरहेको संसद सचिवालयले जनाएको छ ।