काठमाडौँ । राजसंस्था पक्षधरको प्रदर्शनमा सहभागी नहुन सरकारले सर्वसाधारणलाई अपील गरेको छ।
मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राजसंस्था पक्षधरको प्रदर्शनमा सहभागी नहुन सरकारले अपील गरेको बताएका हुन्। त्यस्तै, गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार सरकारले गर्ने निर्णय भएको उनले बताए।
उनले भने, ‘तीनकुने घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न र अगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ। साथै, यस किसिमको अराजक गतिविधिहरुमा संलग्न नहुन आम नागरिकहरुमा नेपाल सरकार हार्दिक अपील गर्दछ।’
घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय मन्त्री गुरुङले जानकारी दिए।


प्रतिक्रिया