काठमाडौं । गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नाउपाका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको विषयमा जवाफ दिने भएका छन्। रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गर्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदले सदन अवरोध गरेपछि गृहमन्त्रीले बैशाख २५ गते जवाफ दिने जानकारी गराएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई सुनाएका हुन्।…