मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्राउन सुगर सहित अन्सारी पर्सा प्रहरीको नियन्त्रणमा

ब्राउन सुगर सहित अन्सारी पर्सा प्रहरीको नियन्त्रणमा

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगन्ज २ जेष्ठ । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित एक युवालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका क्राईम ब्रान्च शाखाको र परवानीपुर प्रहरी चौकीको सँयुक्त टोलीले १५ ग्राम लागु औषध खैरो हिरोइन सहित एक युवालाई नियन्त्रणमा लिएको हो।

परवानीपुर प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक आदर्श खतिवडाको नेतृत्वमा रहेको टोलीले विषेश सुचनाको आधारमा परवानीपुरमा उक्त लागु औषध खैरो हिरोइन र भारतिय नम्वरको मोटर साइकल सहित एक युवालाई नियन्त्रणमा लिएको हो ।

लागु औषध सहित पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्वर १६ का २२ वर्षीय मुस्तफा अंसारीलाई लागू औषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता एवम डिएसपी किशोर लम्सालले जनाएका छन ।

वीरगन्जबाट परवानीपुर तर्फ जाँदै गरेको विआर ०६ सि टि ०८१० नम्वरको भारतिय मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलमा सवार रहेका अन्सारीको साथबाट ३ वटा सानो पलास्टिकको पुडियामा रहेको अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने १५ ग्राम सहित उनलाई बुधबार दिउँसो पक्राउ गरि नियन्त्रणमा लिएको हो।
पर्साका डिएसपी एवम प्रवक्ता किशोर लम्सालका अनुसार अंसारीलाइ जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा राखी उनी विरुद्ध लागू औषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।