काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ। वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले दायर गरेको रिट वैशाख ८, वैशाख २८ र वैशाख ३० गते पेसी चढेकोमा हेर्न नमिल्ने भएको थियो। वैशाख ९…