मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदमा उठ्यो प्राधिकरणले बिना सूचना लाइन छाड्दा मजदुरको मृत्युु भएको विषय

संसदमा उठ्यो प्राधिकरणले बिना सूचना लाइन छाड्दा मजदुरको मृत्युु भएको विषय

न्यूजस्टोरी

काठमाडौँ ।प्रतिनिधिसभा बैठकमा विद्युतको पोलमा चढेर काम गर्दा करेन्ट लागेर मृत्यु भएको विषय उठेको छ । प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथानका २८ वर्षीय उपेश नेपालीको शनिबार धुलिखेल नगरपालिका– ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत् पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको विषय उठाएका हुन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा काभ्रेका सांसद सूर्यमान दोङ तामाङ, शिव नेपाली, सहराज अहमत फारुकी पोलमा करेन्ट लागेर मृत्यु भएको विषयमा छानबिन गर्न माग गरे । उनीहरूले यो घटना मृत्यु भएको नभई हत्या भएको बताउँदै छानबिन गर्न माग गरे । ‘हिजो काभ्रेमा एक मजदुरको ज्यान गएको छ, जिल्ला विद्युत प्राधिकरणले बन्दको सूचना दिएता पनि मजदुर काममा रहेका बेला खोलियो,’ तामाङले भने, ‘विद्युत प्राधिकरणको गैरजिम्मेवारीका कारणले उपेश दमाईको मृत्यु भएको छ ।’ उनले थपे, ‘त्यसको सत्य तथ्यको छानबिन होस् ।’

त्यस्तै सांसद शिव नेपालीले पनि घटनाको छानविन गरी कारबाही गर्न माग गरेका छन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले पनि परियारको मृत्यु भएको नभइ हत्या भएको भन्दै मुद्दा चलाउन माग गरेका छन् । ‘जसरी घटना भएको छ, त्यो दुर्घटना मान्न सकिँदैन,’ शाहीले भने, ‘त्यो हत्याको रुपमा दर्ज होस् र ज्यान मार्ने उद्योगमा रुपमा मुद्दा दर्ता होस् ।’ जिल्ला प्रहरी कार्यालयका अनुसार ११ हजार भोल्टको हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लाग्दा परियारको घटनास्थलमै मृत्यु भएको थियो । तार जोड्न खम्बामा चढेका परियारको विद्युत् प्राधिकरणले सूचना विना नै विद्युत् लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको बताइएको थियो ।