किरण कुँवर
चितवन, २ जेष्ठ । चितवनको रत्ननगरमा आठौं संयुक्त विश्वव्यापी सडक सुरक्षा सप्ताह मनाइएको छ । पैदलमैत्री र साईकल मैत्री पूर्वाधार विकासलाई प्राथमिकता दिऔं, सडक सुरक्षा र गुणस्तरीय स्वास्थ्य निर्माणमा सबै जुटेर लागौं भन्ने मुल नारा सहित सुरक्षा सप्ताह मनाइएको हो । यसै अवसरमा रत्ननगरमा साइकल यात्रा गरिएको छ ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर उप(प्रमुख यादब प्रसाद पाठकले साइकल यात्रालाइ प्रोत्साहन गर्दै साइकल र पैदलयात्री मैत्री सडक तथा पुर्वाधार र निति बन्नुपर्नेमा जोड दिए ।
साइकल यात्रा रत्ननगर नगरपालिका परिसरबाट सुरुभई रत्ननगर ९ स्थित सिसै भिलेजमा पुगेर अन्त्य भएकाो थियो ।


प्रतिक्रिया