काठमाडौं, २२ फागुन । नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन हुनुभएको छ । सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उनीहरुलाई आज उक्त जिम्मेवारी दिनुभएको हो । यसअघि प्रमुख सचेतक रहेका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषद्मा सदस्य भएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाएका हुन ।…