मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ड्रोन हमला रोक्नका लागि इजरेलले आफ्नो देशका विभिन्न भागमा जीपीएसलाई नचल्ने बनायाे

ड्रोन हमला रोक्नका लागि इजरेलले आफ्नो देशका विभिन्न भागमा जीपीएसलाई नचल्ने बनायाे

न्यूजस्टोरी

इरानसँग तनाव बढ्दै गएपछि क्षेप्यास्त्र र ड्रोन हमला रोक्नका लागि इजरेलले आफ्नो देशका विभिन्न भागमा जीपीएसलाई नचल्ने बनाएको छ।

इरानले गत सोमवार सिरियास्थित आफ्नो वाणिज्य दूतावासको भवनमा आक्रमण भएपछि त्यसको कडा प्रतिक्रिया दिने वाचा गरेको छ।

उक्त हमला इजरेलले गरेको ठानिएको छ। त्यो आक्रमणमा एक जना वरिष्ठ सैन्य जेनरलसहित १३ जनाको ज्यान गएको थियो।

इजरेल डिफेन्स फोर्सेस (आईडीएफ)ले पनि युद्ध एकाइमा कार्यरत आफ्ना सैनिकहरूलाई कुनै पनि प्रकारको बिदा नदिने घोषणा गरेको छ।

उसले ‘रिजर्भिस्ट’ भनिने जगेडा सैनिकहरूलाई आफ्नो वायु रक्षा एकाइलाई थप प्रभावकारी बनाउन भन्दै बोलाएको भोलिपल्ट बिदा स्वीकृत नगर्ने घोषणा गरेको हो।

इजरेली अधिकारीहरूले इरानले तत्कालै प्रतिक्रयास्वरूप हमला गर्न सक्ने ठानेको देखिन्छ। त्यो यो शुक्रवारलगत्तै हुन सक्छ।

मुस्लिमहरूको पवित्र महिना रमजान अन्तिम शुक्रवार ‘कुड्स डे’ वा ‘जेरुसलेम डे’ पनि हो।

यस दिन प्रायः प्यालेस्टीनको समर्थन र इजरेलको विरोधमा जुलुसहरू प्रदर्शन हुने गर्छन्। त्यस्ता जुलुसहरू विशेषगरी इरानमा निस्कने गर्छन्।