पर्सा । पर्साको जगरनाथपुरमा गाडिएको अवस्थामा दुईवटा शव फेला परेको छ । जगरनाथपुर गाउँपालिका–१ विसनपुर्वाबाट भारतको नगरदाहतर्फ जाने बाटो दशगजाको ४२१/५ नम्बरको सीमास्तम्भ नजिकै दुईवटा शव गाडिएको अवस्थामा फेला परेको हो । सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त टोलीले गस्ती गर्ने क्रममा मंगलबार मध्याह्न १२ बजेतिर शव गाडेको स्थानमा स्यालले खोतलेको अवस्थामा…